सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. , दाङ

आदरणिय शेयर सदस्य ज्यूहरु.
संस्था स्थापनाकाल देखि हाल सम्मको मेरो पदिय जिम्मेवारी म जागेन्द्र चौधरी सर्बहित बचत तथा ऋण सहकारी संस्थाको संस्थापक शेयर सदस्य, संचालक समितिमा बिगत दुई कार्यकाल सम्म सचिब पदमा कार्यरत थिएं । २०७८ असोज ९ गतेको संचालक समितिको निर्बाचनमा शेयर सदस्य ज्यूहरुको माया साथ सहयोगले सर्बसम्मत अध्यक्ष पदमा नियूक्त भई हाल सम्म पदिय जिम्मेवारी बहन गर्दैछु ।
 
आर्थिक सम्बृद्धिका लागि सर्बहित भन्ने सर्बहितको नारालाई आत्मा सात गर्दै हामी सहकारी अभियानमा लागेका छौ । सदस्यहरुको आंसिक संबृद्धिका लागि बचत, सुलभ ब्याजदरमा ऋण सिप बिकास सामाजिक बिकास संकृतिक बिकास उद्यमशिलतालाई झनै ब्यापक बनाएर लग्नुपर्नेछ । यसको लागि संस्थाले आफ्नो बार्षिक कार्यबिबरण तयार गरेको छ । यस साकोसले राप्ती गाउपालिका भित्रका सम्पूर्ण वडामा बसोबास गर्ने दलित, जनजाती, मधेसी, मुस्लीम, ब्राहमण, क्षेत्री, लगायत अन्य जातजातीहरु संग कुनै किसिमको बिभेद नगरी संस्थाको हरेक क्रियाकलाप परिपक्क पार्दै संस्थागत बिकास, नेतृत्वको बिकास र दक्ष जनसक्तीको बिकास र शेयर सदस्यहरुमा ब्यवसायीकता बिकासको उचित ब्यवस्थापन गर्दै यस संस्था थप उर्जवान र जुझारु हुनुपर्ने यस साकोसको धारणा रहेको छ । 
 
आदरणीय शेयर सदस्यहरु लगायत यस संस्थामा आबद्ध सबैलाई स्मरण गराउन चाहन्छौ की शेयर सदस्य नै संस्थाको मेरुदण्ड भएकोले संस्थागत विकासका लागि उहाँहरु पनि अनुशासित मर्यादित र जिम्मेवार हुनुपर्ने देखिन्छ । जसका कारण संस्थागत बिकासमा अभियानका रुपमा अगडि बढाइ रहेको बेला हामी सबै जना हातेमालो गरी बाल, युवा, वयस्क, महिला र बृद्ध सबै यस साकोसलाई नमुना साकोस बनाउने जिम्मेवारी सबैको कांधमा आएको छ । यहाँ अहिले सम्म पनि सदस्यहरुमा चेतनाको अभाव, सहकारी शिक्षाको अभाबले संस्थागत प्रयासहरु राम्रा कामहरु बुझन बुझाउन सकिएको छैन जसले गर्दा  संस्थाको क्रियाकलापमा भ्रम सिर्जना गर्ने गराउने प्रयत्न भएको पाइन्छ यस किसिमको भ्रममा नपरी सत्य तथ्यको खोज निती सुझाब प्रदान गर्नु हुन अनुरोध गर्दछु । 
साथै सहकारी ब्यक्ति केन्द्रित नभई विधि केन्द्रित हुनुपर्ने हुदाँ यसका लागि निति, नियम, विनियम संसोधन गर्दै जाने र दिई रहेको सेवालाई विस्तार गर्ने र नयाँ सेवा थप कार्यन्वयनमा ल्याउने र कर्मचारीहरुको कार्य कुशलतालाई बढाउँदै आगामी दिनहरुमा संस्थालाई फराकिलो सोचका साथ अगडि बढाउँदै लैजाने छु । 
 
अध्यक्ष
जागेन्द्र चौधरी