सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. , दाङ

१२औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न

मिति २०८१ कार्तिक १० गतेका दिन सर्बहित बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गा.पा. ४ मौरीघाटको १२औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जागेन्द्र चौधरी र जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष बिमल अधिकारीको प्रमुख अतिथीमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्षले आर्थिक प्रतिबेदन र सचिबले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने शुभकामना मन्तब्य दिनुहने जिल्ला सहकारी संघ दाङका अध्यक्ष खुसल घिमिरे, सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशका सन्दिप सुनार, नेफ्स्कुन फिल्ड कार्यालय घोराही दाङका प्रमुख बिष्णु जोशी, सर्बहित साकोसका संस्थापक अध्यक्ष एबम् सल्लाहकार दयाराम चौधरी, राप्ती गाउपालिकाको सहकारी साखा प्रमुख दामोदर आचार्य, संस्थाका पूर्ब अध्यक्ष तथा सल्लाहकार राजेन्द्र चौधरी थारु, राप्ती ४ का वडासदस्य बिष्णु पोख्रेल, मौरीघाट बजार ब्यवस्थापनका अध्यक्ष बेगम बहादुर बस्नेत र संस्थाका शिक्षा उपसमितिका संयोजक हंसराज चौधरी लगायका ब्यक्तिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । संस्थाको मुख्य कार्यालय र शान्तिपुर सेवाकेन्द्रको शेयर सदस्यहरुलाई असल बचतकर्ता, असल ऋणी, असल बाल बचतकर्ता, एस.ई.ई उत्कृष्ट, जेष्ठ शेयर सदस्य, शारिरीक असक्त शेयर सदस्यहरुलाई सम्मान गरेका थियौ भने कार्यक्रमको संचालन संस्थाकी लेखा सुपरिबेक्षण समितिका सदस्य मेनुका गिरीले गर्नुभएको थियो । साथै साधारणसभा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथीहरु, शेयर सदस्यहरु, संचालक समिति, लेखा सुपरिबेक्षण समिति, ऋण उप समिति, शिक्षा उप समिति, सेवाकेन्द्र उपसमिति र दिन रात खट्नुहुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गर्दछौ ।