सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. , दाङ

१२औँ एकाई साधारण सभा पत्थरगढवा सेवा केन्द्रमा सम्मपन्न

सर्बहित बचत तथा ऋण सहकारी संस्था लि. को १२औँ एकाई साधारण सभा पत्थरगढवा सेवा केन्द्रमा सम्मपन्न भएको छ । संस्था का अध्यक्ष श्री जागेन्द्र चौधरी एवम् राप्ती गाउपालिका ६ नं वडा अध्यक्ष श्री दिपक कुमार चौधरी को प्रमुख आथित्यतामा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाकाे काेषाध्यक्ष खेमा देवी चौधरी र बार्षिक प्रतिवेदन संस्थाका सचिव बालाराम कुमालले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष निर्मला चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा अथिति बिष्णु पाेख्रेल, मङ्गल प्रसाद चाैधरी , शेयर सदस्य राम प्रताप चाैधरीले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियोे र मासिक बचत अभियानकाे लागि गाउँ गाउँमै गएर मासिक बचत संकलन गर्ने गरि प्रतेक महिनाकाे ६ गते बगरापुर,९ गते भगवानपुर, १० गते मझेरिया र बाकी ७ गते सगरापुर,८ गते पथरगढवा र ११ गते जगपुरका शेयर सदस्यहरू संस्थाकै कार्यालयमा आई बचत गर्ने जानकारी संस्थाका व्यवस्थापकले गराउनु भएको थियोे ।साे साधारणसभा कार्यक्रममा असल ऋणि तेज कुमार चाैधरी , असल बचतकर्ता हरिकला बाेहरा ,जेष्ठ शेयर सदस्य बिष्णु प्रसाद चाैधरी र असल बाल बचतकर्ता दिव्याङ्क थारू सम्मानित हुनु भएको थियो भने कार्यक्रमकाे संचालन मेनुका गिरीले गर्नुभएकाे थियाे ।