सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. , दाङ

०८२–५६०४५८

९८४७८५८४८२

सर्वहित बचत तथा ऋण सहकारी संस्था लि.

राप्ति गा. पा. ४, मैारीघाट दाङ

आदरणीय शेयर सदस्य महानुभावहरु
सदस्यहरूलाई वचत गर्ने बानीको विकास गरी समुदायमा छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत गर्ने ,सदस्यहरूमा ऋण प्रवाह गरी स्वगोजगार सृजना गर्ने र सदस्यहरूमा स्वावलम्बनको भावना विकास गर्ने अभिप्रयाले ३१ जना युवाहरुको सक्रियतामा सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. डिभिजन सहकारी कार्यलय दाङमा सहकारी ऐन, २०४८ बमोजिम विधिवत रुपमा मिति २०६९ साल माघ २ गते दर्ता (द.नं.८०५ ०६९/७०)भएको यस संस्था रु.३,१०,०००। (तीन लाख दश हजार) पुँजीको करोवार बाट सुरुवात भएको हो ।हाल एक दशकमा यस संस्थाले संस्थागत सुशासन कायम गर्दै २१०० भन्दा बढी सदस्यहरु मार्फत १३ करोड पुँजी परिचालन मुख्य कार्यालयमा आफ्नै भवन दुइ वटा सेवाकेन्द्रसहित सेवा प्रदान तथा १० जना प्रत्यक्ष रोजगारी सहित सहकारी अभियानमा राप्ती गाँउपालिका दाङमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
सहकारीताको माध्यमबाट संगठित गरी सहकारी मूुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक बिकासका लागि समय अनुकुल सदस्यहरुको माग बमोजिम सेवा तथा सुविधा उपलव्ध गराई सदस्यहरुलाई आत्मनिर्भर हुन प्रेरित गर्ने अभिप्रायले ग्रामिण समुदायमा आधारित एक सक्षम सदस्य सेवामुखी वित्तीय संस्थाको रूपमा स्थापित गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।
जय सहकारी जय सर्वहित
दया राम चौधरी
संस्थापक अध्यक्ष